स्वास्थ्य

होली पर्वमा अनावश्यक भिडभाड नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोध

काठमाडौं , ११ चैत्र । कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गदै यस वर्षको होली पर्वमा अनावश्यक भिडभाड नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा. समीर कुमार अधिकारीले कोरोना संक्रमण बढ्ने जोखिम कायमै रहेकाले होली पर्वमा अनावश्यक भिडभाड नगरी परिवारमा रहेर मनाउन सबैमा आग्रह गरेका छन् ।
साथै मन्त्रालयले भारतमा सङ्क्रमितको सङ्ख्या बढ्नाले नेपाल फर्किनेको सङ्ख्या बढ्दै गएकाले प्रवेश विन्दुमा आवश्यक सुरक्षा अपनाउन तथा स्वास्थ्य सहायता कक्षलाई सक्रिय रुपमा सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page