स्वास्थ्य

उकालो लाग्दै कोरोना ग्राफ, टेकु अस्पताल भर्ना हुनेमा अधिकांश शिक्षक ;शैक्षिक संस्था कोरोना हटस्पट बन्ने संभावना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारमा देखिएको कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरोनाको (हटस्पट) बन्ने संभावना रहेको भन्दै समयमै सचेत रहन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको पत्रकार व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना जोखिमबाट बच्न अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन्।
केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै उकालो लागेको भन्दै डा।गौतमले स्वास्थ्य मापदण्डमा कडाइ नगरे कोरोना जोखिम भयावह हुने संभावना रहेको बताए। डा गौतमका अनुसार अहिले कोरोना संक्रमित भइ टेकु अस्पतालमा भर्ना हुनेमा अधिकांश कलेजमा पठाउने शिक्षकहरु,होटलमा काम गर्ने कर्मचारीहरु र तराईबाट प्रेसरण गरि पठाइएका बिरामीहरु छन्।
धेरै शैक्षिक संस्थामा अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्याहरु बल्झिदै गएको उनको भनाइ छ।मन्त्रालयका प्रवक्ता समेत रहेका डा।गौतमले कतिय शैक्षिक संस्थामा हात धुन साबुन र पानीको व्यवस्था नभएको गुनासा आउने गरेको भन्दै त्यसको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरे।
उनले भने, स्वस्थ्य छात्राछात्र,शिक्षकबिना शैक्षिक संस्था संचालन गरी शैक्षिक क्रियाकलाप गर्न असंभव भएकाले सबै शैक्षिक संस्थामा हात धुनका लागि उचित व्यवस्थापन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र दूरी कायम गर्न शैक्षिक क्रियाकलाप गराइ शैक्षिक संस्थाहरुले कोरोना जोखिममुक्त क्षेत्र बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ।ु
पछिल्लो समय भारतमा फैलिएको भारसको रोग सर्ने क्षमता बढी भएकाले भारतबाट नेपाल आउनेहरुको उचित व्यवस्थापन गर्न अति आवश्यक रहेको उनले बताए। होली तथा विभिन्न स्थानीय चाडबाड मनाउन र भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न नाका हुँदै सयौंको संख्यामा सीमा पारीबाट आउने दर बढेसँगै कोरोना जोखिम दर पनि बढेको भन्दै डा। गौतमले सीमानाकामा स्वास्थ्य सुरक्षा अपनाउन समेत अनुरोध गरे।
यस्तै पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। २१ सय १ स्वाब परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा ९५ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७६ लाख ८३९ पुगेको छ। निको हुनेको संख्या ९८.४ प्रतिशत हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ। अन्नपूर्ण पोस्ट

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page