समाचार

बिप्लव नेकपाका नेता बच्चेलाल सरदारलाई मातृशोक

बृजमान तामाङ /
बिरेन्द्र बजार, १७ चैत ।
बिप्लव नेपाल कम्युनिस्ट पार्टीका नेता बच्चेलाल सरदरलाई मातृशोक परेको छ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ निवासी सरदारको आमा सुकमरिया देवी सरदारको गत आईतवार निधन भएको हो ।
ग्याष्टिक रोगबाट पिडित नेता सरदारको आमा राजबिराज स्थित सगरमाथा गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचारका लागी भर्ना गरिएको थियो । रोगले च्यापेर अबस्था जटिल हुँदै गएपछी थप उपचारका लागि धरान लाने क्रममा आईतवार साँझ ७ बजे बाटैमा निधन भएको नेता सरदारले जानकारी दिए ।
सरदारको आमालाई सोमबार बिप्लव नेतृत्वका नेकपाले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि प्रशवनी स्थित आफ्नै जग्गामा अत्यष्टी गरिएको छ ।
स्वर्गीय सरकारको एक छोरा र एक छोरी छ्न् । छोरा बच्चेलाल सरदार ६ बर्ष देखि राजबिराज कारागारमा बन्दी छ्न । आमालाई दागबती दिन नेता सरदार प्रहरीको कडा निगरानीको बिच गाउँ पुगेका थिए ।
स्वर्गीय सरदारको एक मात्र छोरा नेता सरदारको आमालाई दागबत्ती दिनसाथ प्रहरीले सोमबाररै राजबिराज कारागार लगेका थिए ।

नेता सरदारको छोरी हजुरआमाको कृयापुत्री बसेकी छ्न् ।
नेता सरदारलाई २०७२ साउन ८ गते बिप्लवले आह्वान गरेको नेपाल बन्दको क्रममा प्रहरीले नियन्त्रणमा लिएका थियो । उनलाई गाउँकै मसुकलाल सरदारको हत्या गरेको अभियोगमा अदालतले आठ बर्ष जेल सजाय सुनाएको छ । डेढ बर्ष पुर्व सिराहामा मृत्यु भएका मसुकलालको हत्या अभियोगमा षड्यन्त्र पुर्वक राजनैतिक पुर्वग्राहबाट पेरित भएर फसाएको नेता सरदारले दाबी छ ।
आफूलाई नियन्त्रणमा लिन भन्दा डेढबर्ष पहिले नै मसुकलालको मृत्यु भएको प्रकरणमा आफनो समलग्नता नहेको नेता सरदर बताउछ्न । नेपाल बन्दको क्रममा पक्राउ परेका नेता सरदार तत्कालिन जिल्ला सह सेक्रेटरी थिए भने हाल उनी बिप्लव नेकपाका जनकपुर ब्यूरो क्षेत्रीय सदस्य हुन ।
नेता सरदारको आमाको चित्तमा बिप्लव नेकपाका जिल्ला सेक्रेटरी गणेश, डिसिएमहरु राजु, उदयनाथ मण्डल, रामपृत मण्डल लगायतका नेताकार्यकर्ताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page