उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) ,२० चैत । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कुष्ठरोगको मुल बिरामिको सम्पर्कमा आएका व्यक्तिहरुलाई एक मात्रा रिफाम्पीसिन औषधी खुवाई एलपिइपी कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
शुक्रवार सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरद्वारा आयोजित कार्यक्रममा मन्त्री साहले सम्पर्कमा आएका व्यक्तिलाई औषधी खुवाएर शुभारम्भ गर्नुभएको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/166738421_1128828567618621_872773625746256934_n-1.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/166738421_1128828567618621_872773625746256934_n-1.png)
सो कार्यक्रममा बोल्दै मन्त्री साहले मानिसमा सबभन्दा पहिले चेतनाको विकास हुन आवश्यक छ , चेतनाको विकास भएमा सबै पक्ष राम्रो हुने बताउनुभयो । उहाँले प्राथमिक स्वास्थ्य केन्द्रलाई एउटा एम्बुलेन्स र बर्थिङ् सेन्टरलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले यस नगरपालिकाका सबैमा विकास गर्नुपर्छ भन्ने जोश र जाँगर भएकै कारणले गर्दा सप्तरीका अरु पालिका भन्दा कञ्चनरुप नगरपालिका हरेक क्षेत्रमा सवल रहेको बताउनुभयो । उहाँले एलपिइपी कार्यक्रम अति नै फलदायी भएकाले सप्तरीका सबै पालिकामा सञ्चालन गरी अभियानको रुपमा लानु पर्नेमा जोड दिनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/166338320_284379806604202_5388738533902084679_n-1.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/166338320_284379806604202_5388738533902084679_n-1.png)
जिल्ला स्वास्थ्य कार्यालयका सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले यो कुष्ठरोग भनेको जिवाणुबाट सर्ने एक सरुवा रोग भएकाले नियमित रुपमा औषधी सेवन गरेमा यस रोगलाई पूर्णरुपमा उन्मुलन गर्न सकिने बताउनु भयो । मूल बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत यो रोग सर्ने भएकाले निशुल्क रुपमा रिफाम्पीसिन औषधी खुवाइएको बताउनुभयो ।
एनएलआरका स–निर्देशक नन्दलाल बास्तोलाले ७ प्रदेश मध्ये प्रदेश नम्बर २ मा ४५ प्रतिशत कुष्ठरोगीहरु रहेको बताउनुभयो । विश्वमा हेर्दा भारतमा ६८ प्रतिशत कुष्ठरोगी रहि पहिलो स्थानमा छ भने नेपाल ७ औं स्थानमा रहेको जानकारी गराउनुभयो ।
कुष्ठरोगलाई रोगको रुपमा नलिई सूचकका रुपमा लिनुपर्ने र २÷३ वर्ष भित्र कुष्ठरोगलाई निर्मुल पार्ने लक्ष्यका साथ एलपिइपी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नगर प्रवक्ता राजकुमार साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, स–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ता , सुरेन्द्रप्रसाद यादव , स्वास्थ्य कार्यालय सप्तरी जनस्वास्थ्य निरिक्षक डम्बरलाल यादव लगायतका वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकासमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/166395808_463337428261674_7049768031124864253_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/166395808_463337428261674_7049768031124864253_n.png)
शुभारम्भको अवसरमा कुष्ठरोगको मुल बिरामीका सम्पर्कमा आएका ४ जनालाई औषधी खुवाइएको स्वास्थ्य शाखाले जनाएको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168239386_1244953759235736_40773991600763534_n-1024x462.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168239386_1244953759235736_40773991600763534_n-1024x462.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/167915951_1244953539235758_7024772955083091829_n-1024x461.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/167915951_1244953539235758_7024772955083091829_n-1024x461.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment