समाचार

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्षमा श्रवण देव निर्वाचित

बृजमान तामाङ /
बिरेन्द्र बजार, २६ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरीको नेतृत्व चयनका लागि बुधबार सम्पन्न निर्वाचनबाट श्रवण देव ५२ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । कडा प्रतिस्पर्धाका साथ निकटतम प्रतिद्वन्द्वी मनोहर पोखरेललाई ७ मतान्तरले पछि पार्दै देव अध्यक्षमा बिजयी हुनुभएको हो ।
प्रेस युनियन र प्रेस संगठनको संयुक्त गठबन्धनका उम्मेदवार देवले ५२ मत प्राप्त गरि जित सुनिश्चित गर्नुभयो । प्रेस मन्च नेपाल र प्रेस चौतारी नेपालको संयुक्त गठबन्धनका उम्मेदवार पोखरेलले ४५ मत हासिल गर्नुभयो ।
यसै गरि प्रेस मन्च नेपाल र प्रेस चौतारी नेपालको संयुक्त गठबन्धनबाट उपाध्यक्षमा बैधनाथ यादव बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी बिनयलाल कर्णले ४६ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा प्रेस युनियन र प्रेस संगठनको संयुक्त गठबन्धनबाट अम्बिका दाहाल ४६ मत प्राप्त गरि बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पार्वती सिंह (प्रिया सिंह थारु)ले ४४ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार रक्षा चौधरीले ६ मत प्राप्त गर्नुभएको थियो ।
प्रेस मन्च नेपाल र प्रेस चौतारी नेपालको संयुक्त गठबन्धनबाट रामनारायण बिश्वासले ६० मत प्राप्त गरि सचिबमा बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सतिष कुमार दत्तले ३५ मत प्राप्त गर्नुभयो । सोही संयुक्त गठबन्धनबाट खुल्ला सह सचिबमा चन्दन कुमार यादवले ६७ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कृष्णादेव यादवले ३१ मत प्राप्त गर्नुभएको छ ।
सह सचिव (समाबेशी) युनियन र संगठनको संयुक्त गठबन्धनबाट गोपाल प्रसाद गुप्ता ५४ मत प्राप्त गरि बिजयी भए भने उहाँका निकटतम प्रतिद्वन्दी डम्बर राईले ४४ मत प्राप्त गर्नुभयो ।
यस्तै सोही गठबन्धनका नवीन गुप्ताले ५६ मत प्राप्त गरि कोषाध्यक्षमा बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी शुभचन्द्र झाले ४१ मत प्राप्त गरे । खुल्ला सदस्यतर्फ मन्च र चौतारीको संयुक्त गठबन्धनबाट बिध्यानन्द राम ५५ र राजेन्द्र कुमार मिश्रा ४९ मत प्राप्त गरि बिजयी हुनुभयो भने सोही टिमका आदिबासी जनजाति सदस्यमा कृष्णा मण्डलले ४९ मत प्राप्त गरि बिययी हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी महेन्द्र लाल मण्डल बनवारीले ४६ मत प्राप्त गरे।
यसैगरी युनियन र संगठनको तर्फबाट दिनानाथ यादवले ४९ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने मधेसीतर्फ सोही गठबन्धनबाट परिष कर्णले ४९ मत प्राप्त गरि बिजयी भए भने धर्मपाल राउतले ४८ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार भोला रमण उप्रेतीले १४ मत प्राप्त गरेका थिए ।
खुल्ला सदस्य तर्फ ४ पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए त्यस मध्ये ३ जना बिजयी भइसके भने ४ जनाले सम्मान ४४ मत प्राप्त गरेका छ्न् । बराबर मत प्राप्त गरेका मन्च र चौतारी गठबन्धनका खगेन्द्र कार्की , गंगा प्रसाद साह, युनियन र संगठनका बिन्दु कुमार यादव र राम नारायण यादव मध्येबाट गोला प्रथाद्वारा १ जनालाई निर्वाचनतगर्ने निर्वाचन अधिकृत बैधनाथ झाले जानकारी दिनुभयो ।
प्रेस मन्च र चौतारीका दलित आरक्षण कोटामा राज कुमार पासवान, महिलामा आरक्षण कोटामा रश्मि झा निर्बिरोध यस अगाडि चयन हुनुभएको थियो । यसैगरी प्रदेश परिषद सदस्यमा महिला अनिवार्य सहित ७ पदका लागि १३ जनाले मनोनयन दर्ता गराएका थिए । प्रदेश परिषद सदस्यमा मन्च र चौतारी गठबन्धनबाट बिन्दु भट्टराईको एक मात्र उम्मेदवारी परेपछी ४६ मत प्राप्त गर्दै बिजयी हुनुभयो । यस्तै सोही गठबन्धनबाट बृजमान तामाङले ५० , देबेन्द्र मिश्रा ५६, राम अधीन साह ५१, दिनेश शर्मा ५० मत प्राप्त गरि बिजयी हुनुभएको छ भने युनियन र संगठनको गठबन्धनबाट शिव नारायण साह (सुरज) ५१ र अरुण कुमार यादवले ४३, तिवारी ५२ प्राप्त गरि बिजयी भएका छ्न् भने मन्च र चौतारीका उत्तम प्रसाद आचार्य ४८, आनन्दमोहन शर्माले ४७ मत प्राप्त गर्नुभयो ।
यसैगरी युनियन र संगठनका नरेश कुमार चौधरी ४९, पबन मिश्रा ४८, निरज मण्डल ४६, अनिल पोखरेलले ४२ मत प्राप्त गर्नुभयो । यसै गरि राष्ट्रिय परिषद सदस्य महिला सहित ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका मध्ये मन्च र चौतारीका ढमला भट्टराई ५६, सुखराम यादवले ४५, युनियन र संगठनका मनोज कुमार माझीले ४६ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।
मन्च र चौतारीका शुभ नारायण यादवले ४२ तथा युनियन र संगठनका देवराम यादवले ३८ मत प्राप्त गरे ।
सप्तरी सहित देशैभर नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि पहिलो पट्क प्रत्येक्ष निर्वाचन प्रणालीद्वारा बुधबार निर्वाचन गरेका थिए । निर्वाचन समितिले केन्द्र, प्रदेश र जिल्लाका गरि तिनै तहका मतगणना सम्पन्न गरि बुधबार परिणाम सार्वजनिक गरेका थिए ।
सप्तरीमा उपाध्यक्ष, सचिब, सह सचिब र ५ जना सदस्य गरि बहुमत ८ सिटमा प्रेस मन्च र चौतारी गठबन्धन बिजयी भएका छ्न भने अध्यक्ष, महिला उपाध्यक्ष, समाबेशी सह सचिव, कोषाध्यक्ष २ जना सदस्य सहित ६ सिटमा युनियन र संगठन बिजयी भएका छ्न् ।
खुल्ला तर्फको १ सिटमा दुबै समुहका दुई( दुई जनाले सम्मान मत प्राप्त गरेकोले परिणाम आउन बाँकी रहेकोले कसले बाजी मार्ला भन्ने चासोको बिषय बनेको छ ।
यसैगरी प्रेस मन्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ र प्रेस चौतारी नेपालका अध्यक्ष खगेन्द्र कार्कीले गठबन्धनका उम्मेदवारलाई मत दिएकोमा सम्पुर्ण संचारकर्मिलाई धन्यवाद दिनुभएको छ । सामाजिक संजालमा प्रतिक्रिया दिदै उहाँहरुले मन्च र चौतारीको संयुक्त गठबन्धनका उमेदवारलाई अमुल्य मत दिएर बिजयी बनाएकोमा धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा समेत गरिएको छ साथै चुनाबी परिणामबाट बिचलित नहुन आफ्ना उम्मेदवारहरुलाई आग्रह गर्दै अझ एकताबद्व भएर जाने प्राण गर्दछौ भनिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page