कृषि समाज

मकै लगाउने सिजन सुरु भयो, कुन मकै लगाउँदा ठीक होला ?

नेपालमा प्रचलित मकैका जातहरु
बिसं २०२२ मा ककनी पहेंलो, खुमल पहेंलो र रामपुर पहेंलो गरि ३ वटा मकैका जातहरुको सिफारिसबाट शुरुवात भएको जातिय विकासको क्रम हाल सम्म आउँदा २३ वटा जातहरुको सिफारिस भैसकेको छ । यी मध्ये गैरसरकारी क्षेत्रको पहलमा एउटा रेसु १ नामको जातको सिफारिस भैसकेको छ भने बाँकी सबै नार्कको पहलमा भएका हुन्।
रामपुर कम्पोजिट
तराइ, भित्रि मधेश तथा तल्लो पहाडमा लोकप्रिय रामपुर कम्पोजिटको दाना गाढा सुन्तला रड्डको, पुष्ट र चम्किलो हुन्छ । यो जातमा उष्ण र आद्र हावापानी भएको क्षेत्रमा लाग्ने सेते रोग अबरोध गर्ने क्षमता छ यसको बोटको उचाइ २०५ देखि २३५ से.मी. सम्म हुन्छ । तराईमा यो जातको मकै ११५ देखि १३० दिनमा पाक्छ । यसको उत्पादन क्षमता ४.५ देखि ५.५ टन प्रति हेक्टर रहेको छ ।
अरुण -२
यो जात वि.सं. २०३९ सालमा तराई, भित्री मधेश, बेशी र पहाडको बेसी तथा टार क्षेत्रको लागि सिफारीस गरिएको हो । अरुण-२ को दाना, हल्का पहेंलो धेरै जसौ पुस्ट हुन्छ । यसको उचाइ १८० देखि २०० से.मी. हुन्छ र ठाउँ र सिजन हेरी यो ८५ देखि ११० दिनमा पाक्छ । यो जात सेते रोग सहन सक्ने, यसको घोगा सानो, दानाहरू टम्म मिलेर घोगाको टुप्पासम्म दाना लाग्ने, स्थानीय मकैभन्दा धेरै फल्ने, रोप्ने समयभन्दा ढिलो पनि लगाउन सकिने असिंचित टार खेतमा पनि लगाउन सकिने, विभिन्न घुम्ति बाली प्रणालीमा सुहाउँदो, बोट होचो हुने, कम ढल्ने आदि गुणहरूको समिश्रण गरिएको जात हो ।
मनकामना -३
मध्य पहाडको लागि विकास गरिएको मकैको जात हो । यसको उत्पादन क्षमता ५.५ टन प्रति हेक्टर रहेको छ । मुख्यतया बढी उत्पादन दिने, नढल्ने, सेतो दाना, केहि कसिएका घोगा, खोष्टाले टुप्पैसम्म पुरै घोगालाई छोपेको र पाक्ने बेलामा पनि बोट हरियो रहने र गाईबस्तुलाई खुवाउन राम्रो भएको कारणले कृषकहरूले यो जातलाई निकै मन पराएका छन्।
देउती
पहाडी क्षेत्रको लागि सिफारिस गरिएको जात हो । यो १४०० मीटरको उचाइमा १३० देखि १३५ दिनमा र १७०० मी. को उचाइमा १४५ देखि १५० दिनमा पाक्दछ । केन्द्र तथा कृषकको खेतबारीमा गरिएको परीक्षणको आधारमा यसको सरदर उत्पादन ५६२८ के.जि. प्रतिहेक्टर पाइएको छ ।
पोषिलो मकै -१
नेपालमा सन २००८ मा सिफारिस गरिएको एउटा मात्रै गुणस्तरीय प्रोटिनले भरिपूणर् मकैको जात पोषिलो मकै १ हो । यदि सामान्य मकै र गुणस्तरीय प्रोटिनयुक्त मकैको उत्पादन बराबर छ भने एमिनो एसिडको हिसावले गुणस्तरीय प्रोटिनयुक्त मकै दोब्बर भएको मानिन्छ । किनभने यसमा लाइसिन र ट्रिप्टोफेन सामान्य मकैमा भन्दा दोब्बर पाइन्छ । गुणस्तरीय प्रोटिनयुक्त मकैमा पाइने प्रोटिन दुधमा पाइने प्रोटिन जस्तै ९० प्रतिशत सम्म पाच्य हुन्छ । जव कि सामान्य मकैमा पाइने प्रोटिन ३९ प्रतिशत मात्र पाच्य हुने गर्दछ ।
अरुण -४
यो जात वि.सं. २०७२ सालमा तराई, भित्री मधेश, बेशी र पहाडको बेसी तथा टार क्षेत्रको लागि सिफारीस गरिएको हो । अरुण ४ को दाना, हल्का पहेंलो धेरै जसौ पुष्ट हुन्छ । यसको उचाइ १४० देखि २०० से.मी. हुन्छ र ठाउँ र सिजन हेरी यो १०० देखि ११५ दिनमा पाक्छ । यसको घोगा सानो, दानाहरू टम्म मिलेर घोगाको टुप्पासम्म दाना लाग्ने, उत्पादन ३ः५ देखि ४.५ मेटन प्रति हेक्टर सम्म हुने र असिंचित टार खेतमा पनि लगाउन सकिने, विभिन्न घुम्ति बाली प्रणालीमा सुहाउँदो, बोट होचो हुने, कम ढल्ने आदि गुणहरू भएको जात हो ।
वणर्शंकर (हाईब्रिडहरु)
मकैबालीमा खुल्ला सेंचित जातहरुको तलनामा हाइब्रिडको उत्पादकत्व बढी हुने पाइएको छ र हाल तराइ क्षेत्रमा हाइब्रिडको मकैको अ‍ेमति को विस्तार भैरहेको छ । हिउदे तथा बसन्ते मकैमा हाइब्रिडको खेति गर्ने प्रचलन बढ्दो छ अतः क्रमश गहुँको क्षेत्रफल घट्रदै गैरहेको पाइन्छ ।
बिसं. २०६० मा गौरब हाइब्रिडको सिफारिसबाट शुरुवात भएको जातिय हाइब्रिड विकासको क्रम हाल सम्म आउदा रामपुर हाइब्रिड २, खुमल हाइब्रिड २ गरि जम्मा ३ वटा जातहरुको सिफारिस भैसकेको छ भने रामपुर हाइब्रिड ४ र रामपुर हाइब्रिड ६ सिफारिसको अन्तिम चरणमा छन्।
रामपुर हाइब्रिड -२
यो हाइब्रिड आरएमएल—४ र एन।एम।एल—२ बिचको क्रसबाट तयार गरि बिसं २०६९ मा सिफारिस गरिएको हो । यो हाइब्रिड भदौ असौजमा लगाउदा १२० देखि १३० दिनमा पाक्दछ । असौज कार्तिकमा लगाउदा १४० देखि १५० दिनमा पाक्दछ । भदौ असौजमा लगाउदा यसको उत्पादन ७ मेटन सम्म हुन्छ ।
रामपुर हाइब्रिड -४
आर एम एल—४ र आर.एम.एल.—१७ को बिचको क्रसबाट तयार गरिएको हाइब्रिड हो । उत्पादन क्षमता ७ टन प्रति हेक्टर रहेको, पाक्ने अबधि १२०—१३० दिन भएको सलो लगाउने क्षेत्र, तराई तथा भित्री मधेश रहेको, रोगहरु उत्तरी तथा दक्षिणी पात डढुवा, बेन्डेड लीफ र शीथ ब्लाईट प्रति अबरोधक क्षमता पाईएको साथै गुणहरु जस्तै दाना पहेलो चिल्लो रहने, बोट मोटो भएकोले ढल्ने समस्या कम हुने, सुख्खा मौसममा पनि राम्रो उत्पादन दिने रहेको छ ।
रामपुर हाइब्रिड -६
आर एम एल—३२ र आर एम एल—१७ को को बिचको क्रसबाट तयार गरिएको हाइब्रिड हो । यसको उत्पादन क्षमता ६ टन प्रति हेक्टर रहेको, पाक्ने अबधि १२०—१३० दिन रहने, लगाउने क्षेत्र तराई तथा भित्री मधेश रहेको, रोगहरु उत्तरी तथा दक्षिणी पात डढवा, बेन्डेड लीफ र शीथ ब्लाईट प्रति अबरोधक क्षमता पाईएको साथसाथै अन्य गुणहरु जस्तै दाना पहेलो चिल्लो रहने, बोट मोटो भएकोले ढल्ने समस्या कम हुने तथा बसन्ते मौसममा पनि राम्रो उत्पादन दिनेरहेको छ । कृषि टुडे – Krishi Today

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page