राजनीति

अजय श्रेष्ठको अध्यक्षतामा एक सय १ सदस्य राष्ट्रिय युवा संघ सप्तकोसी नगर कमिटी गठन

खगेन्द्र कार्की /
फत्तेपुर , २६ चैत ।
अजय श्रेष्ठ को अध्यक्षतामा एक सय १ सदस्य राष्ट्रिय युवा संघ नेपाल सप्तकोसी नगर कमिटी गठन भएको छ ।
बिहीबार सप्तरीको सप्तकोसी नगरपालिका–४ मा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सो नगर कमिटी गठन गरेको हो ।
उपाध्यक्ष, सचिव, सह–सचिव, र कोषाध्यक्षमा क्रमश : बिपिन चौधरी,नवराज अधिकारी निता भट्टराई रहेका छन् ।
नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य उत्तम कुमार शर्माले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य सुमन श्रेष्ठ सप्तकोसी नगरपालिकाका कार्यपालिका सदस्य कालुराम बिष्ट लगायतले मन्तव्य राखेका थिए।
नेकपा एमालेका सप्तकोसी नगर कमिटिका अध्यक्ष पारस दहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

You cannot copy content of this page