राजनीति

कारवाहीमा परे समान्तर गतिविधि गर्ने अखिलका तीन नेता ; संगठनको साधारण सदस्य समेत नरहने

काठमाडौं । संगठन विपरित गतिविधि गरिरहेका अनेरास्ववियुका तीन नेता कार्वाहीमा परेका छन् । अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरका अनुसार उनीहरुलाई दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको हो । महरले मंगलवार विज्ञप्ति जारी गरि तीन जनालाई निष्कासन गरिएको प्रष्ट पार्नुभयो ।
केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोध्नुभएको थियो ।updatekhabar

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page