समाचार

नेपालमा कोरोनाको दोस्रो लहरको खतरा : २५ जना भन्दा बढी भेला हुन रोक लगाउन सिफारिस

काठमाण्डौं , चैत्र २७ गते । नेपालमा कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरको खतरा बढेसँगै जोखिमलाई ध्यान दिदैं स्वास्थ्य मन्त्रालयले अनावश्यक भिडभाडमा रोक लगाउन सिफारिस गरेको छ । २५ जना भन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । यो सिफारिस सँगै शैक्षिक संस्था बन्द हुन सक्ने उनको भनाई छ । शुरु देखि नै आफूहरुले जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे पनि शैक्षिक संस्थाहरुमा त्यो कुरालाई गम्भिरता पूर्वक नलिएको देखिएको उनले बताए ।
भारत अहिले कोरोनाको केन्द्र बन्दै गएको र नेपालमा पनि त्यसको प्रभाव पर्ने संकेत देखा परेपछि मन्त्रालयले यस्तो सिफारीस गरेको हो ।
मन्त्रालयले भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page