कोशी प्रदेश समाचार

प्रदेश १ मा वर्षासँगै परेको चट्याङबाट छुट्टाछुट्टै ठाउँका तीन जना घाईते

विराटनगर, चैत्र २७ गते । प्रदेश १ मा बिहीबार बेलुका वर्षासँगै परेको चट्याङबाट छुट्टा छुट्टै ठाउँका तीन जना घाईते भएका छन् ।
घाइते हुनेमा संखुवासभा मकालु ५ नुम बजारका २३ वर्षीय लिला बहादुर दर्जी रहेका छन । उनी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका हुन । हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ ।
त्यसैगरी सुनसरी भोक्राहा नरसिंह उल्टी की १७ वर्षीया सलिना खातुन घाइते भएकी छन । उनी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी हुन र उनको जिल्ला अस्पताल ईनरुवा उपचार भईरहेको छ ।
त्यस्तै ओखलढुंगा सिद्धिचरण ६ की १५ वर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी छन । उनको मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page