मधेस प्रदेश स्वास्थ्य

प्रदेश २ मा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि ;बारामा ५ र पर्सामा १० जना

सप्तरी , २८ चैत्र । प्रदेश २ मा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर टेस्ट गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।
बारामा ५ र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै हाल पर्सामा सबैभन्दा बढी ५५ जना , बारामा ३१, धनुषामा १२, महोत्तरीमा ४, सर्लाहीमा २, सप्तरी, सिरहा र रौतहटमा १/१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page