स्वास्थ्य

आज नेपालमा एकै दिन ५०० कोरोना संक्रमितको संख्या नाघ्यो ,धेरै काठमाडौँमा १५९ जना

काठमाडौं , चैत्र ३० गते । नेपालमा आज थप ५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९६ जना र ७ सय २७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३८ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page