स्वास्थ्य

कञ्चनरुप- ९ स्थित रघुनाथपुरको दलित बस्तीमा उदायो स्वास्थ्य केन्द्र

डम्बर राई – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , ३० चैत ।
दलित गरिब र विपन्न वर्गको सेवा सुविधालाई मध्यनजर गरेर सप्तरीको कञ्चनरुप नगरपालिकाले वडा नं. ९ स्थित रघुनाथपुरमा विधिवत रुपमा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ ।
सोमवार नगर प्रमुख बसन्त कुमार मिश्रले केन्द्रको रीवन काटेर उद्घाटन गर्नुभएको छ । दुई सय घरपरिवार दलित रहेका यस बस्तीमा डोम, सरदार, मुसहर जातीका उल्लेख्य समुदाय छन् भने मुसलमान र केहि अन्य जातीका समुदायहरु बसोवास गर्दछन् । अब तीन किलोमिटर हिडेर प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने समस्याबाट मुक्त भइएको सो अवसरमा स्थानियहरुले खुशी व्यक्त गरे ।

नगर प्रमुख मिश्रले भन्नुभयो— नगरपालिकाको प्रमुख एजेण्डामा राखेर स्वास्थ्य र शिक्षा कार्यक्रमलाई मेरै कार्यकालमा सबै वडामा पूरा गरेर देखाउँने छु । गरीव, विपन्न समुदाय रहेका बस्तीमा प्राथमिकिकरण दिएर यस्ता कार्यक्रम लागू गरिने छ र यसमा संख्याको हिसाव किताव राखिने छैन ।
सो समारोहमा प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दै मिश्रले भन्नुभयो, आफू विकास प्रेमी रहेको त्यो पनि गरीव, विपन्न, दलित प्रति अति नै सम्वेदनसिल भएर काम गरिरहेको छु ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले यस्ता बस्तीमा सम्बन्धित निकायले चासो दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, यो बस्तीमा आज यो कामको उदय भयो तर वसोवास गर्ने पिछाडिएका जातीको हिसावले यस बस्तीमा पहिला नै स्थापना हुनुपथ्र्याे । सेवा सुविधा दायक विकासको थालनी त्यहाँबाट हुनुपर्छ जहाँ यस्ता पिडित समुदायहरु बस्दछन् खडकाले धारणा व्यक्त गर्नुभयो ।
यहाँको अवस्थालाई हेरेर, बुझेर यसको निकास दिन आफ्नो लामो अथक प्रयास बल्ल सफल भएको भन्दै बुद्घिजिवि एवं सप्तरी खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेलले सन्तुष्ट व्यक्त गर्दै उहाँले भन्नुभयो अहिले पनि यस्ता जात, समुदाय छन् सेवा सुविधाबाट ओझेलमै परेर बसेका छन् तसर्थ कुनैपनि निर्माण गर्दा स्थान, जात, समुदाय, स्तरमा पनि निर्भर रहन्छ ।

यस्तै समारोहमा वडा नं. १२ का वडाध्यक्ष देवी बहादुर खत्री, रुपनगर गाविसका पूर्व उपाध्यक्ष भुवनेश्वर यादव , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा स्थानियहरुको निःशुल्क रुपमा स्वास्थ्य जाँच समेत गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य सह–संयोजक डम्बर प्रसाद गुप्ताले संचालन गरेको सो कार्यक्रम वडा नं.९ का अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आधारभुत स्वास्थ्य केन्द्रमा हाल अहेव विकास गुप्ता र स्वास्थ्य स्वयं सेविकाको सेवा रहने सह–संयोजक गुप्ताले जानकारी दिनुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page