मधेस प्रदेश समाचार

सप्तरी सहित प्रदेश २ मा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि ; पर्साका ३८ जनामा

सप्तरी , चैत ३१ गते । सप्तरी सहित प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न ठाउँमा रहेको कोरोना प्रयोगशालामा १ सय २५ जनाको परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा २६ वटा परीक्षण गर्दा १२ जना , सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ४ जनाको परीक्षण गर्दा २ र नारायणी अस्पताल बीरगंजमा ९५ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण देखिएको छ ।
सबैभन्दा बढी पर्साका ३८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने १ जना बहादुरमाई नगरपालिकाका हुन् भने बाँकी सबै वीरगञ्‍ज महानगरपालिकाका हुन् ।
त्यसैगरी सिरहामा ७ जना, धनुषा र बारामा ४÷४ जना, सप्तरीमा २ जना र महोत्तरीमा एकजना कोरोना संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप-महानगरपालिका ९ बस्ने ३७ बर्षीय पुरुष, पर्साको बीरगञ्‍ज महानगरपालिका-३ बस्ने ६२ बर्षीय पुरुष र पर्साकै कालिकामाई गाउँपालिका २ बस्ने ५५ वर्षीय पुरुष छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page