स्वास्थ्य

आज ५ सय ३४ जना कोरोना भाइरसबाट सङ्क्रमित ,५ जनाको मृत्यु

काठमाडौं , २ वैशाख । नेपालमा आज ५ सय ३४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
देशभर ४ हजार १ सय ५२ वटा नमुनाको परीक्षण गर्दा ५ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज १ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page