स्वास्थ्य

एकै दिन १ हजारभन्दा बढीमा संक्रमण पुष्टि, काठमाडौंमा मात्रै ४३५ थपिए

काठमाडौं , ५ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।
पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्। नेपालमा निको हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको जनाएको छ ।
थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page