स्वास्थ्य

कञ्चनरुपमा कोभिड १९ को साबधानि तथा नियन्त्रण सम्बन्धि बैठक सम्पन्न

कञ्चनरुप (सप्तरी) , वैशाख ५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले पून कोभिड १९ को संक्रमण देखा पर्न थालेको भन्दै यसबाट बच्ने उपायहरु अपनाउँन सार्वजनिक नगर स्तरीय बैठक सम्पन्न गरेको छ ।
आइतबार नगरपालिकाको सभाहलमा बसेको बैठकले सिआइसीटि टोली परिचालन गर्ने, ज्वरो क्लिनिक संचालन गर्ने, आरआरटि टोली परिचालन गर्ने, कोभिड १९ अस्थाई अस्पताल संचालन गर्ने, आइसोलेशन केन्द्र तयारी तथा संचालन र जनचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेका छन् ।
दोस्रो पटकको कोभिड १९ पहिलाको भन्दा दोब्बर बढी क्षमतावान रहेको र यसबाट बालवालिका, युवा समेत संक्रमित हुने भएकोले यसको संक्रमणबाट बच्न कडाईको रुपमा प्रस्तुत हुनुपर्ने स्वास्थ्य विदहरुले बताएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले प्रति सय जना वरावर १२ जनासम्मको मृत्यु हुने रेसियो अहिलेको कोभिडमा रहेको उदाहरण पस्किएका छन् ।

उनले भने, यस अगाडी बृद्घ, रोगी, कमजोरी जस्ता मानिसलाई बढी देखा परेको थियो तर यसबाट कोहि पनि बच्न नसक्ने कोभिड रहेकोले उपचारमा पनि दोब्बर हिसावले गर्नुपर्छ । दिनमा एकजनाको मृत्यु हुन्छ भने पाँचजना सम्मलाई भाइरस सार्ने काम गर्दछ । अहिलेको परिक्षणमा नेगेटिभ देखाएपनि उसंग पोजिटिभ हुनसक्ने सम्भावना रहेकाले रेसिस्टेन्ट पावरको विकास भइसकेको छ । घाँटीमा गएर बस्ने र खसखस गर्ने, खोकी लाग्ने नाक बन्दहुने, ज्वरो आउँने गथ्र्याे तर अहिलेको कोभिडले सिधै फोक्सोमा गएर बस्दछ र ज्वरो आउने अनी ४८ घण्टासम्म पनि बाँच्न नसकिने लक्षण रहेको यादवले जानकारी गराएका छन् ।
बैठकको अध्यक्षता गरेका नगर प्रमुख बसन्त कुमार मिश्रले तुलनात्मक रुपमा यो नगरपालिका अगाडी भएपनि जतिहुनु विकासिय कामकाज नभइसकेको बताउँदै कोरोनाको संक्रमण बढ्ने सम्भावना देखेर सबै कामकाज समयमै सिध्याउँनु पर्छ है भन्दै आएको बताए । उनले आजको दिनसम्म त यो नगरपालिका सुरक्षित नै थियो र भोलीका दिनहरुमा पनि सावधानी अपनाउँन गर्नुपर्ने उपायहरुमा लाग्न सहभागी सबैलाई आग्रह गरेका छन् ।

अधुरो काम सम्पन्न गर्न उनले उपभोक्ता र ठेकेदारहरुसंगै स्वास्थ्य शाखालाई आवश्यक सामान बेलैमा किनेर राख्न सुझाव दिएका छन् । उनले भने यदि भविश्यमा बजार बन्द भएमा महंगी हुनुको संगै सामान पाउँन सकिदैन । उनले बजार, विद्यालय लगायतका संघ संस्था अहिले नै बन्द गरीहाल्ने अवस्था नरहेको भन्दै जनचेतनामा कोरोनाबाट सावधानी हुने तरीका अपनाउनु पर्छ साथै त्यस्तै गाह्रो अवस्था आएमा मात्र बन्द गर्ने बताए ।
यसमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, संघ संस्थाका जिम्मेवार व्यक्तित्वहरुसंग छलफल गरेर निष्कर्ष गर्ने अर्काे धारणा व्यक्त गरेका छन् । उनले सक्रियताका साथ बस्न र संगै रहन स्वास्थ्यकर्मीहरुलाई समेत आग्रह गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सह संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी , सम्बन्धित शाखाका प्रमुखहरु, कार्यपालिकाका सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु लगायतले आआफ्ना धारणा व्यक्त गरेका थिए भने पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले सहयोगिको भूमिका निर्वाह गरेकि थिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page