स्वास्थ्य

कञ्चनरुपमा वहु क्षेत्रीय पोषण खाध सुरक्षा निर्देशनालय समितिको प्रथम बैठक सम्पन्न

कञ्चनरुप (सप्तरी) , वैशाख ५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले आज आइतबार वहु क्षेत्रीय पोषण खाध सुरक्षा निर्देशनालय समितिको प्रथम बैठक सम्पन्न गरेको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले यो कार्यक्रम २०७७—०७८ मा संचालन गर्न वडा छनौट गर्ने र स्विकृत कार्यक्रम संचालन गर्नै सम्बन्धको प्रस्तावमा निर्णय भएको छ ।
दलित तथा विपन्न समूह(बस्ती) भएका सुनौला हजार दिनका महिला एवं तिनका परिवार भएका १२ वटै वडामा यो कार्यक्रम संचालन गर्ने साथै नेपाल सरकार, युनिसेफ र स्थानिय सरकारको सहयोगमा चाँडै संचालन गर्ने निर्णय भएको छ ।
करीव साडे उनान्चालिस लाख वरावरको बजेट रहेको कार्यक्रम संचालक स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page