स्वास्थ्य

यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइँदै

काठमाडौ, ५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख ६ र ७ गते बालबालिकालाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम सुरु गर्दै छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधी खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ ।
आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page