समाचार

राष्ट्रिय उद्योग व्यवसाय महासंघ सप्तरीको अध्यक्षतामा संजय पासवान

सप्तरी , ५ वैशाख । राष्ट्रिय उद्योग व्यवसाय महासंघ, सप्तरीले संजय पासवानको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ ।
राजविराजकस्थित नेकपा ( एमाले )पार्टी कार्यालय, मदननगरमा सम्पन्न भेलाबाट पासवानको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दिपक कुमार झा, उपाध्यक्षमा बनसराज साह, सचिवमा जय कुमार राई र सह–सचिवमा अफरोज आलम रहनेगरी ३८ सदस्यीय कमिटी गठन गरेको हो ।
महासंघको केन्द्रीय सदस्य पंचदेव खंगको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा नेकपाकी नेत्री रञ्जु ठाकुर, जिल्ला कमिटी सदस्य अशोक यादब, दुर्गानन्द ठाकुर, डमरप्रसाद महतो लगायत नेकपाका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो । सगरमाथा आवाज साप्ताहिकबाट

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page