स्वास्थ्य

नेपालमा थप १ हजार २८१ जनामा कोरोना संक्रमण ,२४ घण्टामा ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।
२ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ९१ जना पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page