स्वास्थ्य

नेपालमा आज थप १ हजार ७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ८७३८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा १७३६ संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।
निको हुनेको संख्या २ सय ५१ रहेको मन्त्रालयको भनाइ छ । निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । ९८ प्रतिशतसम्म निको हुने दर रहेकोमा अहिले घटेर ९५ दशमलव ९ प्रतिशतमा झरेको छ ।
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१०२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page