स्वास्थ्य

सप्तरीमा आज तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा राजविराज नगरपालिकाका २ र डाकनेश्वरी नगरपालिका १ गरी तीन जनामा संक्रमण पुष्टि भएको हो ।
राजविराज वडा नम्वर ६ का ६० वर्षीय र वडा नम्वर ८ का २० वर्षीय पुरुष तथा डाकनेश्वरी वडा नम्बर ३ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिनुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page