शिक्षा समाज

सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय रघुनाथपुरको दुई कोठे ट्रस ब्लकको शिलान्यास

कञ्चनरुप (सप्तरी) । सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप -९ रघुनाथपुरको दुई कोठाको ट्रस ब्लकको शिलान्यास भएको छ ।
मंगलवार कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले एक कार्यक्रमबीच दुई कोठे भवनको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय जाने वातावरण मिलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो गरिब दलित सधैं पछाडि पर्नुको मुख्य कारण भनेकै शिक्षामा पहुँच नभएको हो ? गरिब दलितको शिक्षमा पहुँच बढाउनका लागि नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

शिक्षाको साथै आफ्नो स्वास्थ्यमा समेत विशेष ध्यान पुर्‍याउन मिश्रले सबैलाई आग्रह गर्नुभयो ।
शिक्षा शाखाका संयोजक ललित नारायण यादव, प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले स्वास्थ्यको मापदण्ड अपनाई कोरोना भाइरस (कोभिड १९) बाट जोगिने वातावरण सृजना गर्न सबैलाई आग्रह गर्नु भएकोयो ।

१६ लाखको लागतमा दुई कोठे ट्रस ब्लकको निर्माण कार्य असार मसान्तसम्ममा सम्पन्न गरिने विद्यालयले जनाएको छ ।
स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक शैयद अलीले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदेव सदाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page