स्वास्थ्य

आज थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि ,सङ्क्रमणबाट थप ५ को मृत्यु

काठमाडौं । नेपालमा आज २ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।
आज देशभर १० हजार १ पिसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यो सँगै सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय १७ पुगेको छ ।
आज २ सय ५२ जना निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १२ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page