स्वास्थ्य

नेपालमा आज थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ५ सय ५९ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो सँगै कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ ।
८ हजार ७ सय ९८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ४९ तथा ८ सय ६६ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय १० जना गरी जम्मा २ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप ४ सय १० जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किएका छन् ।
आज कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा १४ हजार ७ सय २४ सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page