स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा संक्रमण पुष्टि ,१४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३६८ जना निको भएका छन् । यो सँगै निको हुनेको कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।
हाल नेपालमा १६ हजार ८२८ संक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page