स्वास्थ्य

अब पनि सचेत नभए अस्पतालमा बिरामी राख्‍ने ठाउँ नहुने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवस्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक सूचना सार्वजनिक गर्दै अब पनि सचेत नबने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि अस्पतालमा ठाउँ नै नहुने चेतावनी दिएका छन् ।
संक्रमणको चक्रलाई रोक्न नसक्ने र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म नहुने उनको चेतावनी छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलिन हुन नदिऔँ, खबरदारी गरौँ। आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने गरौँ।’
साथै मन्त्रालयले सञ्चारकर्मीहरुलाई कोरोना भाइरसविरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने जो कोहीको समाचारलाई निरुत्साहित गर्न पनि अनुरोध गरेको छ ।सूचनामा कोभिड १९ को महामारीसँग जुध्नको लागि सबै सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाएको सक्रियता प्रति धन्यवाद पनि दिइएको छ । ‘अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको छ । समग्र आमसञ्चारमा समाचार पढ्दा अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ सार्वजनिक सूचनामा भनिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page