समाचार

कञ्चनरुपका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू अनिश्चित कालका लागि बन्द

कञ्चनरुप (सप्तरी), १३ वैशाख । कोभिड –१९ को जोखिम बढ्दै गइरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै वैशाख १३ गते देखि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय, मदरसा, ट्यूसन सेन्टर समेत अर्को आदेश नभएसम्मको लागि बन्द गर्ने निर्णय गरेको नगर प्रमुख बसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।

जारी सूचना

   

You cannot copy content of this page