शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

राजविराजमा सरकारी निर्णय अवज्ञा गर्दै स्कुल संचालन गर्ने ११ सञ्चालक र प्रिन्सिपल पक्राउ

सप्तरी , १३ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने राजविराजका ११ वटा निजी विद्यालयका सञ्चालक तथा प्रिन्सीपललाई पक्राउ गरेको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै स्कुल खोलेको भन्दै अनगुमनको क्रममा ११ जना प्रिन्सीपललाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा शिब्स बोर्डिङ्ग स्कुलका सञ्चालक बिष्णुपुर गाउँपालिका–६ निवासी नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलका सञ्चालक डा। कामानन्द देव, एञ्जल बोर्डिङ्ग स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, पिस जोन स्कुलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–१ स्थित सृजना सेकेन्ड्री बोर्डिङ्ग स्कुलका सञ्चालक रिमा झा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार ग्रिन ईङ्ंगलिस बोर्डिङ्ग स्कुलका शिक्षक राजविराज–१ का मनोज यादव, राजविराज–३ स्थित ह्यापील्याण्ड माबिका अनुशासन प्रमुख राजबिराज–५ का शैलेन्द्रकुमार ठाकुर, जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरीकिसुन राम तथा राजबिराज– ८ स्थित लक्ष्मी ईङ्गलिस बोर्डिङ्ग स्कुलका सञ्चालकहरु राजेशकुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह समेत नियन्त्रणमा परेका छन् ।
राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला र राजविराज नगरपालिकाका वडा अध्यक्षहरुसहितको टोलीले राजविराजमा सञ्चालनमा रहेका निजी विद्यालय पुगेर उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।
प्रजिअ पोखरेलका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको हो ।
पक्राउ गरिएकाहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
उनीहरूमाथि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page