स्वास्थ्य

सप्तकोसी नगरपालिकाका सम्पूर्ण विद्यालयहरु एक हप्ताको लागि बन्द

खगेन्द्र कार्की /
फत्तेपुर ।
विश्व भरि फैलिएको कोभिड –१९ को जोखिम बढ्दै गइरहेकोले सप्तरीको सप्तकोसी नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको सोमबार बसेको शिक्षा समितिले निर्णय गरि एक सूचना जारी गर्दै वैशाख १३ गतेदेखि वैशाख १९ गते सम्मका लागि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय, मदरसा, ट्युसन सेन्टर समेत एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत रमेश कुमार खड्काले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page