स्वास्थ्य

देशभर ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि ,थप १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय ९४ पुगेको
यस्तै ९ वर्ष मुनिका १०२ ‍बालबालिकामा र १० देखि १९ वर्षसम्मका २८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

२० देखि २९ वर्षका नागरिक एक हजार १२६ जना छन् । त्यस्तै, ३० देखि ३९ सम्मका एक हजार ११५ जना, ४० देखि ४९ वर्षका ७९५, ४९ देखि ५९ वर्षका ५२५ जना, ६० देखि ६९ का २४० जना छन् ।

त्यस्तै, ७० देखि ७९ का १०३ जना, ८० देखि ८९ का ३३ जना, ९० देखि १०० वर्ष उमेरका १ जना र उमेर नखुलेका ४२ जना छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ भने संक्रमितमध्ये ३१५ जना आईसीयूमा र भेन्टिलेटरमा ८४ जना रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page