समाचार

रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस

बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।
डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।
डीसीसीएमसीको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले बुधबार (भोलि) औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्ने छन् । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक वाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page