स्वास्थ्य

सप्तरीमा २ जना नर्सिङ स्टाफसहित ७ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) । सप्तरीमा बिहीबार २ जना नर्सिङ स्टाफसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा बिहीबार साँझ १० जनाको पिसिआर परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सोहि अस्पतालमा कार्यरत २ जना नर्सिङ स्टाफ रहेका छन् । स्वाव लिएका अन्य ५० जनाको रिपोर्ट आउन बाँकी छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page