समाज

चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकालको बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।
नवराज शुक्रबार साँझ बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page