स्वास्थ्य

एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण , थप २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उक्त अवधिमा २७ जनाको कोभिड १९ का कारण निधन भएको पनि मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page