मधेस प्रदेश समाचार

सप्तरीमा पिसिआर परीक्षणबाट ९ र एन्टिजेन विधिबाट ६ गरी १५ जनामा संक्रमण

कञ्चनरुप (सप्तरी) , १९ वैशाख । सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १३ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
राजविराज नगरपालिका वडा नम्वर ८ का ५० वर्षीय, ५ का ३६ वर्षीय महिला ,५ का ४२ वर्षीय , ५ का ३६ वर्षीय महिला , १३ का ७० वर्षीय , ७ का २५ वर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
त्यसैगरी तिलाठी कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका १४ का ४० वर्षीय पुरुष, बोदेबरसाईन नगरपालिका ९ का ४० वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको यादवले बताउनुभयो ।
यसैगरी जिल्लाको कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा ८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा दुई जना प्रहरी सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा कञ्चनरुप ५ का ४० र ३६ वर्षीय पुरुष , कञ्चनरुप ८ का ६९ वर्षीय पुरुष , ५६ वर्षीय महिला , इलाका प्रहरी कार्यालय कञ्चनपुरका ४७ वर्षीय पुरुष र २२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो
हाल सप्तरीमा सक्रिय संक्रमितको संख्या ९१ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म सप्तरीमा ४३ जनाले ज्यान गुमाइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page