स्वास्थ्य

कञ्चनरुपका ४ सहित सप्तरीमा आज एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) , २० वैशाख । कञ्चनरुपका ४ सहित सप्तरीमा आज एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ६९ जनाको पिसिआर परिक्षण गरिएकोमा ४१ जनामा संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार कञ्चनरुप नगरपालिका वडा नम्बर २ का ४ जना, सप्तकोशी नगरपालिका–१ का २ जना, राजविराज नगरपालिका–८ र ६ का ४–४ जना तथा वडा नम्वर १, ७ र ९ का १–१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी रुपनी गाउँपालिका–१ का ३ र २ का १ जना, राजगढ गाउँपालिका–३ का १ जना, तिलाठी कोइलाडी गाउँपालिका–१ का ३ र ८ का १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी डाकनेश्वरी नगरपालिका–९, ७ र १० का १–१ जना, बोदे बरसाइन नगरपालिका–४ र ६ का १–१ जना, महादेवा गाउँपालिका–३ का २ जना, वडा नम्वर ४ का ३ जना र खडक नगरपालिका–४ का १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।
योसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १३२ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page