स्वास्थ्य

नेपालमा थप ३७ जनाको मृत्यु , ७ हजार ४४८ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।
यस्तै ३७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या तीन हजार ३६२ पुगेको छ ।
यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४०४१ रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page