स्वास्थ्य

नेपालमा एकै दिन ५५ जनाको मृत्यु , ७ हजार ६६० जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको ५५ जनाको मृत्यु भएको हो । यसैगरी ७ हजार ६६० जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै नेपालमा अहिलेसम्म तीन लाख ५१ हजार पाँच जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७७५ रहेको छ । दुई लाख ८७ हजार ७९० जना निको भएका छन् ।
मंगलबार ५५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page