समाचार

हाटबजार ,पसल, हटिया लगायतका भिडभाड हुने ठाउँहरु २७ गते सम्मका लागि बन्द गर्ने

कञ्चनरुप । विश्व व्यापी रुपमा फैलिरहेको कोभिड १९ रोगको दोस्रो भेरिएन्ट हाल आएर समुदायमा व्यापक रुपमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै कञ्चनरुप नगरपालिकाको सर्वपक्षिय भेलाको निर्णय अनुसार उच्च जोखिम न्यूनिकरणका लागि हाटबजार ,पसल, हटिया लगायतका अत्यावश्यक सेवा बाहेक भिडभाड हुने ठाउँहरु २७ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको ।
नगर क्षेत्र भित्रका कञ्चनपुर बजार , बरमझिया हटिया , पोटरी हटिया , बलुवा हटिया ,रुपनगर हटिया , बरदहट्टा हटिया, सिमरा हटिया , बक्साहा हटिया , बेन्ग्री हटिया , महादेव पट्ट र सबै गुन्द्री बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरी खाना खुवाउने होटलहरु बिहान ८ बजे देखि ११ बजे सम्म र बेलुका ४ बजे देखि ८ बजे सम्म खुल्ला रहने , मदिरा पसल र रेस्टुरेन्टहरु दिउँसो १ देखि साँझ ६ बजे सम्म खुल्ला रहने , औषधी पसल बाहेक अन्य सबै पसलहरु बिहानको ६ बजे देखि बिहान ११ बजेसम्म मात्र खुल्ला रहने , कृषकले उत्पादन गरेको सागसब्जिहरु स्वास्थ्यको मापदण्ड पुरा गर्दै घुम्ती रुपमा घर घर मै पुगेर बिहानको ६ बजे देखि ११ बजेसम्म बिक्रि गर्ने जस्ता निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै नगर क्षेत्रभित्रका कार्यालयहरु (नगरपालिका, वडा कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय
लगायत) ले अति आवश्यक सेवा बाहेकका कामकाजहरु नगर्ने नगराउने ,यस नगर क्षेत्र भित्रका आम नागरीकहरुले स्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना गर्ने गराउने , स्वास्थ्य मापदण्ड पूरा नगरेको पाईएमा सुरक्षाकर्मीहरुलाई कार्वाहीको दायरामा ल्याउन अनुरोध गर्ने जस्ता निर्णय भएको सूचनामा उल्लेख गरेको छ ।
साँथै विदेशबाट आएका नागरिकहरु अनिवार्य रुपमा १० दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने र स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालाना गर्नु पर्ने र नगरेमा कारवाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले उक्त बन्द रहने कार्यलाई सहयोग गर्नु हुन समेत सबैमा हार्दिक अनुरोध गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page