स्वास्थ्य

सप्तरीमा एक शिक्षक सहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

कञ्चनरुप (सप्तरी) , २१ वैशाख । सप्तरीमा आज एक शिक्षक सहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सप्तकोशी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उहाँको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित भई उपचारत रहेको अवस्थामा आज बिहान मृत्यु भएको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार गौतमले जानकारी दिनुभयो ।
स्वासप्रस्वासमा समस्या भएपछि वैशाख १२ गते उहाँलाई धरान लागिएको थियो । सोहि दिन पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि उहाँलाई भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
एक सातादेखि उहाँलाई आइसियुमा राखेर उपचार हुँदै आएको थियो ।
उहाँलाई कोरोना पुष्टि भएसँगै वैशाख १५ गतेदेखि उहाँकी आमा, श्रीमती र ३ जना छोराछोरीलाई समेत होम क्वारेन्टाईनमा राखिएको सप्तकोशी नगरपालिकाले जनाएको छ ।
त्यसैगरी जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ६ बजे मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारको लागि वैशाख १७ गते विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उहाँको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page