राष्ट्रिय स्वास्थ्य

कोरोना रेकर्ड : थप ५८ जनाको मृत्यु, ८ हजार ६५९ मा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।
यही अवधिमा थप ५८ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ३ हजार ४७५ जनाले ज्यान गुमाइसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page