राष्ट्रिय समाचार स्वास्थ्य

नेपालमा विगत एक हप्तामा २८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा विगत एक हप्तामा २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् ।
ती संक्रमितमा भारतबाट सुदूरपश्चिम प्रदेशमा आएका रहेका छन् । अहिले तीन संक्रमितले सघन उपचार कक्ष (आइसीयु) र दुई जनाले शय्यामा उपचार गराइरहेका छन्। अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको बताइएको छ ।
मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् ।

   

You cannot copy content of this page