मधेस प्रदेश समाचार

प्रदेश २ मा बुधबार ४७८ जना थपिए सँगै संक्रमितको संख्या ३ हजार ७८० पुग्यो

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भेटिएका मध्ये महिला १३५ जना र पुरुष ३४३ जना छन् ।
गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज ,जनास्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाब परीक्षणमा बुधबार ४ सय ७८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थय निर्देशनालयले जनाएको छ ।
सबभन्दा बढी धनुषामा १ सय ४० जना संक्रमित फेला परेका छन् । यस्तै पर्सामा १२५ जना, महोत्तरीमा ४८ जना, सिरहामा ४२ जना, बारामा ४१ जना, सप्तरीमा ३५ जना, रौतहटमा २४ जना र सर्लाहीमा १३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो संगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ३ हजार ७८० पुगेको निर्देशनालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page