स्वास्थ्य

सप्तरीमा ५७ जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीमा आज ५७ जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा ५७ जनाको पिसिआर परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नम्वर–२ की ६४ वर्षीया महिला, ३ का १६ र २५ वर्षीय पुरुष तथा ६८ र २४ वर्षीया महिला, ४ का ३१ वर्षीय पुरुष, ७ की ५२ वर्षीया महिला तथा ६२ र ४८ वर्षीय पुरुष, ८ का २७ वर्षीय पुरुष, ६ की ५५ र ७४ वर्षीया महिला, ५ का ४०, ४२ र ५२ वर्षीय पुरुष तथा १६ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
सुरुङ्गा नगरपालिका–१ का ८ र ३४ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–१२ का २२ र ३८ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–१ की ३२ वर्षीया महिला, ३ की ४४ वर्षीया महिला, ४ का ४५ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–३ का ७५ वर्षीय पुरुष, ५ की ३४ वर्षीया महिला र ५७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी कञ्चनरुप नगरपालिका–७ का ६० वर्षीय पुरुष , राजगढ गाउँपालिका–५ की ५० वर्षीया महिला, डाकनेश्वरी नगरपालिका–६ का ७१ वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, अग्नीसाइर कृष्णासवरण गाउँपालिका–३ का ४८ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–६ का ५५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–१ का १८ वर्षीय पुरुष, ५ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरकिा निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
सप्तरीमा सक्रिय संक्रमितको संख्या २२७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page