विराटनगर , बैशाख २५ गते । सुनसरीको ईटहरीमा कदमको रुख ढलेर किच्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईटहरी १७ टिकुलियाका ५५ वर्षीय लक्ष्मण चौधरी रहेका छन ।
उनी शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची गम्भिर घाईते भएका थिए ।
घाइते चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment