स्वास्थ्य

कञ्चनरुपमा आज एकैदिन १८ जना महिलासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि ,४ को मृत्यु

कञ्चनरुप । सप्तरीको कञ्चनरुपमा आज बिहीबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज स्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ४८ जनाको पिसिआर परीक्षण गर्दा १८ जना महिला र १९ जना पुरुष गरी ३७ जना तथा जिल्लाको कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा १४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक महिला सहित पाँच जनामा कोरोना संक्रमण देखिएको हो । कञ्चनरुपको वडा नम्बर -८ मा सबैभन्दा बढी १३ जना संक्रमित छन् ।
जसमा पिसिआर विधिबाट गरिएकोमा १५ जना महिला, १७ जना पुरुष तथा ५ जना बालबालिका रहेका छन् ।
संक्रमित हुनेमा कञ्चनरुप -८ का ३५, ४५, ५३, ७, ३०, २२, २४, ३४ वर्षीय पुरुष र ४, २०, १८, ५०, २८ वर्षीया महिला , वडा नं. १२ का ७०, ५, ४३, ३५, ६५, २१, ४६ वर्षीया महिला र २७ , ५० वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी कञ्चनरुप ११ का ८, ६५, २० , ४२ वर्षीय पुरुष तथा ८ , ४९ वर्षीया महिला, वडा नं. ९ का ५०, ५५, २९, ६० वर्षीय पुरुष तथा ५०, ४५, ५१ वर्षीया महिला, वडा नं. ७ का ५० वर्षीय पुरुष , वडा नं. ३ की ३८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सक्रमित हुनेमा कञ्चनरुप –४ का ६८ वर्षीय पुरुष, वडा नं. –७ का ४२ वर्षीय पुरुष, वडा नं. –८ का ३० वर्षीय पुरुष र २६ वर्षीया महिला तथा वडा नं. –११ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रकण पुष्टि भएको स्वास्थ्यका सिआइसिटि टिमका संयोजक विकास गुप्ताले जानकारी दिनुभयो । यो सँगै कञ्चनरुपमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १२० पुगेको छ ।
यसैगरी आज कञ्चनरुपमा २ जना महिला सहित चार जनाको मृत्यु भए सँगै नगरमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page