समाचार

घरदैलोमा कोभिड संक्रमणबाट बच्न र बचाउँने चेतनामुखी अभियान चलाउँदै राष्ट्रिय युवा संघ नेपाल

डम्बर राई /
कञ्चनरुप (सप्तरी) बैशाख ३० गते ।
नेपालमा बढ्दो कोरोना भाइरस (कोभिड १९) को संक्रमण र मृत्युबाट बच्न र बचाउँने प्रयासमा जनहितका लागि चेतनामुखी अभियान चलाउँदै ओली समूहका राष्ट्रिय युवा संघ नेपाल जनताका घरदैलोमा छन् ।
सामाजिक दुरी कायम गर्ने, घरबाट अन्त्य नजाने, भिडभाड नगर्ने तथा गर्न नदिइने, साबुन पानीले हात मिचिमिची धुने, माक्स र सेनिटाइजरको प्रयोग गर्ने र ज्वरो, रुगा, खोकी, जस्ता लक्षण देखा परेमा नजिकको अस्पतालमा चेकजाँच गराईहाल्ने लगायतका बारेमा जानकारी संगै माक्स र सेनिटाइजर वितरण गर्दै हिडेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मनिष श्रेष्ठले बताएका छन्् ।
उनको अनुसार, नेपालमा दोश्रो पटक देखा परेको भेरिएन्ट सहितको कोभिड १९ ज्यादै खतरनाक पुष्टी भएको प्रमाणित घटनाले नै सावित गरीसकेको छ । दिनहुँ सैयांैको संख्यामा मृत्यु हुदैछ । यो पहिलाको तुलनामा उच्च आँकडा हो ।
असक्त, रोगी, बृद्घ जस्तामा मात्र बढी संक्रमित हुने र मृत्यु पनि तर अहिले युवा बालबालिका, स्वस्थ्य सबै संक्रमित र मृत्यु हुदैगरेकोले खतरनाक कोभिडको भयाभहबाट आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने हाम्रो संकल्प हो श्रेष्ठको भनाई छ ।
सबै कार्यपालिकामा नगरस्तरबाट यो अभियानलाई सफल पार्न राष्ट्रिय युवा संघ नेपालले अघि सारेको एजेण्डा केवल कुनै एउटा पार्टीको मात्र नभएर देशकै आम नेपाली जनताको रक्षाका लागि भएकोले सबै दल, नागरिक समाज, संघ, संगठन, लगायतले सहयोग पुर्याइदिनुहुन श्रेष्ठले आग्रह समेत गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page