आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
समाज

मृगौला बेचविखन गरेको आरोपमा सप्तरीका रमेश पक्राउ

राजविराज। सप्तरी प्रहरीले मृगौला बेचविखन गरेको आरोपमा सप्तरीका एक जनालाई पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा बुधवार सुरुङ्गा नगरपालिका–१ शिशवारीका ३५ वर्षीय रमेश विश्वकर्मालाई पक्राउ गरी मानव वेचविखन विरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक बीरेन्द्र पासवानले बताउनु भयो ।
काठमाडौंमा बस्दै आएका टिपर सह–चालक सुरुङ्गा नगरपालिका–१ शिशवारीका २४ वर्षीय दिपक भुजेललाई आरोपित विश्वकर्माले ललाईफकाई बुटवलसम्म पु¥याएका थिए । राम्रो पारिश्रमिक पाइने लोभ देखाई विशवकर्माले अपरिचित व्यक्तिको जिम्मा लगाई भारत पठाएको पीडितको आरोप छ ।
मादक पदार्थ खुवाई भारत पु¥याएका अपरिचित आरोपितले केही दिन होटलमा राखेको र बेहोस बनाई अस्पताल पु¥याएर वैशाख २ गते मृगौला निकालेको पीडितले बताए ।
उक्त अस्पतालमा १० दिन राखेपछि पाँच हजार दिएर गाडी चढाई घर पठाएको र गत शुक्रबार घर आइ पुगेको पीडितकी श्रीमती निरा भुजलले जानकारी दिनुभयो ।
अर्का आरोपितको पहिचान खुली सकेको छैन् ।
मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौंसँग समन्वय गरी अपरिचित आरोपितको खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक पासवानले जानकारी दिनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page